एजेन्सी: कोरोना भाइरसको संक्रमणका कारण भारतमा पहिलोपटक एकजनाको मृत्यु भएको छ । भारतको कर्नाटक राज्यमा कोरोना भाइरसको संक्रमणका कारण ७६ वर्षीय एक व्यक्तिको मृत्यु भएको हो ।

कर्नाटक राज्यका स्वास्थ्य विभाग प्रमुखका अनुसार कर्नाटकको कलबुर्गीमा ७६ वर्षीय एक व्यक्तिको मृत्यु भएको छ । त्यस्तै प्रदेश सरकारका स्वस्थ्यमन्त्री बी श्रीरामुलुले पनि ७६ वर्षीय एक व्यक्तिको मृत्यु भएको जानकारी दिएका छन् ।

मन्त्री श्रीरामुलुकाअनुसार मृत्यु भएका व्यक्तिमा केही दिनअघिमात्र गरिएको स्वास्थ्य परीक्षणबाट कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । त्यसलगत्तै संक्रमित व्यक्तिलाई अलग राखिएर उपचार सुरु गरिएको थियो ।

सामाजिक सञ्जालमा ट्वीट गर्दै मन्त्री श्रीरामुलुले मृत्यु भएका व्यक्तिले त्यसअघि को–कोसँग भेट गरेका थिए, उनीहरुको समेत खोजी भैरहेको बताएका छन् । तर उनले मृत्यु भएको व्यक्तिको परिचय खुलाएका छैनन् । साउदी अरबबाट फर्किएका उनको मंगलबार राती मृत्यु भएको बताइएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version