काठमाडौं : कोरोना भाइरस नियन्त्रणको तयारीका लागि सातै प्रदेशका मुख्यमन्त्रीहरुको बैठक बसिरहेको छ ।

सरकारले कोरोना भाइरस नेपालमा पनि देखिन सक्ने भन्दै सतर्कता र नियन्त्रणको पूर्व तयारीका लागि सातै प्रदेशका मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीहरु र विज्ञहरुसंग सिंहदरबारमा छलफल जारी राखेको छ ।

बैठकमा नेपालमा कोरोना भाइरस भित्रिए कसरी समन्वय गरेर काम गर्ने भन्ने बारेमा कार्ययोजना तय गरिने बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिए।

सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति गठन गरेको छ।

बैठकमा कोरोनाबाट बच्न प्रदेश सरकारहरूले गरेका कामको प्रगति र नयाँ रणनीतिबारे छलफल भइरहेको बताइएको छ ।

बैठकमा संघीय सरकारका मन्त्रीहरु, प्रदेश सरकारका मुख्यमन्त्री, सामाजिक विकासमन्त्री, महानगरका मेयर र विज्ञहरु सहभागी रहेका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version