काठमाडौं ः तत्कालिन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थप्पड हान्ने पदम कुँवर पक्राउ परेका छन् ।
हिजो शनिबार साँझ बानेश्वरस्थित संसद भवनबाट कुँवर पक्राउ परेका हुन् ।
संसद भवनको शौचालयमा प्रवेश गरेका उनको सुरक्षाकर्मीसँग विवाद भएको थियो । त्यसपछि उनलाई नियन्त्रणमा लिइएको बानेश्वर प्रहरीका डीएसपी दुर्गाराज रेग्मीले बताए ।
कुँवरले सात वर्षअघि १ मंसिर २०६९ मा भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा तत्कालीन माओवादी अध्यक्ष प्रचण्डलाई थप्पड हानेर चर्चामा आएका थिए ।
Facebook Comments Box
