काठमाडौं : नेपाल भ्रमण वर्ष औपचारिक रुप मै स्थगित भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमण वर्ष २०२० औपचारिक रुपमा मै स्थगित गरिएको बताएका हुन् ।

 

आज चैत २ गते आइतबार मन्त्रालयमा आयोजित एक कार्यकममा मन्त्री भट्टराईले कोरोना भाइरसको कारण भ्रमण वर्ष स्थगित गर्नु परेको बताएका हुन् ।

मन्त्री भट्टराईले भने ुकोरोना भाइरसको संक्रमणका कारण हामी भ्रमण वर्षलाई रि सेड्युअल गर्नुपर्ने अवस्थामा आईपुग्यौँ, अब हामी २०२० लाई भ्रमण वर्ष भनेर हिड्दैनौ, यसका सम्पूर्ण कार्यक्रमहरु रद्द भईसकेका छन् ।ु

उनले अब भ्रमण वर्षको साटो २०२० देखि २०३० सम्म भ्रमण दशक मनाउनको लागि छलफल भईरहेको बताए । भ्रमण वर्ष रद्द भएको विषयमा आगामी मन्त्रिपरिषद्को बैठकले औपचारिक निर्णय गर्ने सक्ने जनाईएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version