काठमाडौं : गुराँस लाइफ इन्सुरेन्सको यही चैत २० गतेबाट शत प्रतिशत हकप्रद सेयर खुल्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ः१ अनुपातमा ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

वैशाख १० गतेसम्म यस हकप्रदमा आवेदन दिन सकिनेछ । फागुन २१ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।

इक्रा नेपालले यस हकप्रदलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४’ रेटिङ प्रदान गरेको छ ।

यसमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी काठमाडौं तथा एनएमबि बैंकको अधिकाँश शाखाबाट आवेदन दिन सकिनेछ ।

 

त्यसैगरी, सेन्ट्रल फाइनान्सको कुपन्डोल र चाबहिल शाखा तथा गुडविल फाइनान्सको हात्तिसार डिल्लीबजार, इन्द्रचोक, काठमाडौं र कुमारीपाटी ललितपुरबाट आवेदन दिन सकिनेछ । आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

 

एनएमबि क्यापिटलबाट भने चेक मात्र बुझिने ब्यवस्था रहेको छ । हाल यसको चुक्ता पुँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि पुँजी १ अर्ब ८७ करोड ७० लाख रुपैयाँ पुग्नेछ । बिमा समितिले तोकेको २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन गुराँसले हकप्रद ल्याउन लागेको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version