काठमाडोँ : साताको पहिलो दिन आज धितोपत्र बजार नेप्से परिसूचकमा भारी गिरावट आएको छ । शेयर कारोबारमा सहजता ल्याउन भन्दै धितोपत्र बोर्डको निर्देशनमा नेपाल स्टक एक्सचेन्जले कारोबार समय थप गरेर ४ः०० बजेसम्म पु¥याएको भएपनि बजारमा उत्साह देखिन सकेन ।

स्टकका अनुसार आज नेप्से परिसूचक ६४.१४ अङ्कले घटेर एक हजार ३१३.०४ मा पुगेको छ । यस्तै नेप्से परिसूचक पनि १२.८८ अङ्कले घटेर २८२.६२ मा पुगेको छ । आज कुल १७४ कम्पनीका ५५ लाख ७० हजार ३० कित्ता शेयर रु दुई अर्ब १० करोड १४ लाख १७ हजार २९२ मा खरिदबिक्री भए ।

कारोबार भएका कुल १२ उपसमूहको शेयर ओरालो लागेको छ । बैङ्किङ ५७ अङ्कले घट्दा व्यापार ४३.७९, होटल ५२.४८, विकास बैंक ६२.८७, जलविद्युत् ३२.८७, वित्त २२.२, निर्जीवन बीमा ४१६.७३, उत्पादन ८०.२३, अन्य १८.२३, लघुवित्त ९३.४३, जीवन बीमा उपसमूहको शेयर ६२१.८८ र सामूहिक लगानी कोषको इकाइ ०.३१ अङ्कले घटेको छ ।

कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु १७ करोड ३६ लाख ९० हजार ४४९ मा खरिदबिक्री भयो । यस्तै एनआइसी एसिया बैंकको रु ११ करोड ४६ लाख ९६ हजार २६६, एनएमबी बैंकको रु १० करोड ५६ लाख ६१ हजार ७९९, शिवम् सिमेन्ट्सको रु सात करोड ५७ लाख ३७ हजार ३११, नेपाल बैंकको रु छ करोड ८७ लाख ८० हजार ९३९, हिमालयन डिष्टिलरीको रु पाँच करोड ४९ लाख ५७ हजार ८५१ र नविल बैंकको शेयर रु पाँच करोड ३५ लाख ९० हजार १९७ मा खरिदबिक्री भयो ।

आज युनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले ०.९७ प्रतिशतले कमाए । यसैगरी सिन्धु विकास बैंक ०.७७ र वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ०.४७ प्रतिशतले कमाए । यसैगरी सामुदायिक लघुवित्त वित्तीय संस्था र हिमालयन जनरल इन्स्योरेन्सको नकारात्मक सर्किट लागेको छ । ती दुई कम्पनीका लगानीकर्ताले समान १०÷१० प्रतिशतले गुमाएका छन् । यस्तै मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९८, नेरुडे लघुवित्त विकास बैंक र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले समान ९.९१ प्रतिशतले गुमाए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version