वालिङ: नेपाली काँग्रेस स्याङजाका सभापति एवं पूर्वसभासद कमलप्रसाद पंगेनीको हृदयघातका कारण निधन भएको छ ।

स्वास्थ्यमा अकस्मात समस्या आएपछि आज बिहान ६.०० बजे स्याङजास्थित कालिका सामुदायिक अस्पताल हेलुमा उपचारार्थ लगिएकोमा उपचारकै क्रममा ६.३० बजे उनको निधन भएको हो ।

नेपाली काँग्रेस स्याङजाको तीन कार्यकालसम्म सभापति बन्नुभएका पूर्वसभासद पंगेनीको ५६ वर्षको उमेरमा निधन भएको नेपाली काँग्रेस स्याङजाका नेता एवं प्रदेशसभा सदस्य मेखलाल श्रेष्ठले जानकारी दिए ।

एक श्रीमती, एक छोरा र एक छोरीका अभिभावक पंगेनीको शवलाई श्रद्धाञ्जलिका लागि आज नेपाली काँग्रेस स्याङजाको पार्टी कार्यालयमा राखिने र भोलि अन्येष्टि गरिने काँग्रेस स्याङजाले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version