राजापुर : मधुवन नगरपालिकाले कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमणको रोकथाम तथा नियन्त्रणको लागि पूर्वतयारीअन्र्तगत नगरका सबै हाटबजार बन्द गर्ने भएको छ ।

छिमेकी मुलुकहरुमा कोरना भाइरस फैलिरहेको बेला नेपालमा पनि सो भाइरस भित्रिनसक्ने भन्दै त्यसको जोखिम न्यूनीकरणका लागि १५ दिनका लागि नगरका सबै हाटबजार बन्द गर्ने निर्णय गरेको हो ।

कोभिड–१९ सम्बन्धी जानकारी तथा सचेतना गराउने उद्देश्यले बर्दियाको नगरपालिकाले स्वास्थ्य सहायता कक्ष स्थापना गरिसकेको छ ।

नगर प्रमुख गणेशबहादुर क्षेत्रीले भाइरससम्बन्धी चेतना हरेक व्यक्ति, घर र समुदायमा हुनुपर्ने भएकाले आफूले जानेको कुरा अरुलाई सिकाउन नगरवासीसँग आग्रह गरिएको बताउनुभयो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version