काठमाडौँ : राष्ट्रियसभाको आजको बैठकले ‘प्रमाण ९दोस्रो संशोधन० विधेयक, २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।

यसैगरी बैठकले राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा पठाइएको ‘‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५’ प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनःपारित गरियोस्’ भन्ने प्रस्ताव पारित गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको उक्त प्रस्ताव बैठकको सर्वसम्मतिले पुनःपारित गरेको हो ।

राष्ट्रियसभाको अर्को बैठक यही चैत ६ गते अपराह्न १ बजे बस्नेछ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version