काठमाडौं: काेराेना भाइरसकाे असरका कारण विद्युत महसुल तिर्न ढिलाई भएमा अब जरिवाना शुल्क नलाग्ने भएकाे छ ।

सरकारले विद्युत महसुल तिर्न नेपाल विद्युत प्राधिकरणका विलिङ काउन्टरमा लाग्ने भिड कम गर्न महसुल तिर्न ढिलाई हुँदाकाे जरिवाना शुल्क मिनाहा गर्ने निर्णय गरेकाे हाे ।

गृहमन्त्रालयमा बसेकाे बैठकले विद्युतका उपभाेक्ताका लागि महसुल तिर्न ढिलाे गर्दा लाग्ने जरिवाना छुट दिने निर्णय गरेकाे हाे । मन्त्रालयले विद्युत महसुलकाे जरिवानामा सहुलियत दिइने हुँदा भिडभाडमा जडान सर्वसाधारणमा अनुराेधसमेत गरेकाे छ ।

यता विद्युत प्राधिकरणले पनि अनलाइनबाट विद्युत महसुल तिर्न उपभाेक्तामा अनुराेध गर्दै आएको छ । प्राधिकरणले महसुल काउन्टरमा लाग्ने भिड नियन्त्रण गर्न अनलाइन सेवा उपयाेग गर्न उपभाेक्ता वर्गमा आग्रह गरेकाे हाे । प्राधिकरणले इन्टरनेटकाे सेवा पुगेका जिल्लाका सबै उपभाेक्तामा अनलाइनकाे सुविधा लिन भनेकाे छ ।

प्राधिकरणले २०७४ भदौ ५ गतेदेखि अनलाइन पेमेन्ट प्रणाली लागु गरेको छ। ग्राहकले आफूलाई पायक पर्ने पेमेन्ट काउन्टर वा बैंक खाताबाट महसुल तिर्न सक्ने प्राधिकरणले जनाएकाे छ । अनलाइन पेमेन्ट प्रणालीप्रति ग्राहकको आकर्षण बढेकाले पछिल्लाे समय प्राधिकरणका महसुल संकलन काउन्टरमा लाग्ने भिड पनि घटिरहेकाे थियाे ।

अनलाइन महसुल भुक्तानी गर्न प्राधिकरणले सेवा प्रदायकसँग सम्झौता गरेको छ । इ-सेवा, सिएफएस एक्सप्रेस, पे पोइन्ट नेपाल, सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट ग्राहकले महसुल तिर्न सक्दछन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version