काठमाडौं: स्प्राइटको रिफ्रेश र रिचार्ज क्याम्पियनले बजारमा सनसनी मच्चाएको छ । जुलाई २३ बाट सुरु भएको यो क्याम्पेनमा पहिलो हफ्तामै २८,५०० भन्दा बढी उपोभोक्तहरुले भाग लिई ३,५०,००० बराबरको टकटाईम रिचार्ज जिती सकेकाछन् ।
यस क्याम्पियन अन्तर्गत उपोभोक्तहरुले १० देखि ५,००० रुपैया सम्मको रिचार्ज जित्न सक्नेछन् ।
५,००० रुपैयाँको टकटाईम विजेता गोमा बुडाथोकी भनिन् , “मैले त्यो दिन २ वटा कोक किनेको थिए र लेबलमा अफरको बारेमा पढे र विश्वास नलागी नलागी लेबलको कोड एसएमएस गरे । मैले धेरै मा धेरै १० वा २० रुपैयाको टक टाईम जितिएला जस्तो लागेको थियो तर भाग्यले मैले ५,००० रुपैयाँको टक टाईम जिते । सुरुमा त विश्वासै गर्न सकिन र दूई पटक ब्यालेन्स चेक गरेर मात्र कनफर्म भए । म कोकाकोला नेपाललाई यस प्रकारको अफर र अभियान ल्याएकोमा धेरै धन्यबाद दिन चाहन्छु र म सबैलाई यो योजनामा सहभागि हुन प्रोत्साहन गर्दछु ।”
यो योजनामा सहभागी हुन ग्राहकले स्प्राइट, कोक तथा फ्यान्टा गरिद गरि लेवल पछाडिको युनिक कोडलाई टाईप गरि ३६७६८ मा एसएमएस गर्नुपर्ने छ । यो योजना भाद्र १५ गतेसम्म लागु हुनेछ ।
यो योजना ५०० एमएल, १ लिटर, १.५लिटर र २.२५ लिटरका स्प्राइट, कोक तथा फ्यान्टाका बोतलमा लागु हुनेछ ।
