काठमाडौं: अमेरिकी डलरको भाउले फेरि रेकर्ड ब्रेक गरेको छ । आइतबार डलरको मूल्य अहिले सम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल राष्ट्र बैंकले आइतबार एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ०८ पैसा र बिक्रीदर १२० रुपैयाँ ६८ पैसा निर्धारण गरेको छ । शुक्रबार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२० रुपैयाँ २८ पैसा थियो । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा लगानीकर्ता अमेरिकी डलर सञ्चय गर्नतर्फ आकर्षित भएका हुन् ।

यसबाहेक अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम र सेयर मूल्य घटेको छ । तर सुन र डलर भने माथि लागेका छन् । कोरोनाको मनोवैज्ञानिक त्रासका कारण विश्व अर्थतन्त्र नै प्रभावित हुन थालेको अवस्था छ ।

यस्तो बेला लगानीकर्ता डलरतर्फ आकर्षित भएका हुन् । डलरको भाउ चुलिंदा नेपाललाई फाइदा र बेफाइदा दुवै हुने अर्थविद्हरु बताउँछन् ।

यसरी नेपाली रुपैयाँ कमजोर हुँदा आयात महँगो हुने हुँदा आयातित बस्तुको मुल्यमा चाप पर्ने छ । डलर मजबुत हुँदा रेमिट्यान्स आयमा वृद्धि हुन्छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version