काठमाडौँ: सुनको मूल्य बढेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेर ७६ हजार ५०० रुपैयाँ पुगेको हो । गत शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ७५ हजार ५०० रुपैयाँ थियो । यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला १ हजार रुपैयाँले नै बढेर ६७ हजार २०० रुपैयाँ पुगेको छ ।

गत शुक्रबार तेजावी सुनको भाउ प्रतितोला ७५ हजार २०० रुपैयाँ थियो । यता, चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेर ७ सय २० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला ७ सय रुपैयाँ थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version