काठमाडौँ: कोभिड–१९ बाट हुन सक्ने सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी चन्द्रागिरि केबलकार बन्द गरिएको छ ।

चन्द्रागिरि हिल्स लिमिटेडले विश्वमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि हुन सक्ने भन्दै आजदेखि चन्द्रागिरि केबलकार र रिसोर्ट बन्द गर्ने निर्णय गरेको हो ।

हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले सरकारको नीति र निर्देशन पालनाका साथै रोग फैलन सजग हुनुपर्ने भएकाले तत्कालका लागि केवलकार र रिसोर्ट बन्द गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

“सरकारको निर्णय र निर्देशनअनुसार अति आवश्यक सेवाबाहेकका अन्य सेवा बन्द गर्ने निर्णयबमोजिम अर्को सूचना नआएसम्मका लागि केबलकार र रिसोर्ट बन्द गर्ने निर्णय गरेका छौँ”, उहाँले भन्नुभयो ।

हिल्सले कोरोनाको सङ्क्रमणबाट जोगिनका लागि सम्पूर्ण जनतालाई आग्रहसमेत गरेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version