काठमाडौँ: सरकारले कोरोना भाइरस संक्रमण उपचार तथा नियन्त्रणमा खटिने चिकित्सकहरुलाई सत प्रतिशत प्रोत्साहन भत्ता उपलव्ध गराउने भएको छ ।

आइतबार बसकेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमणको उपचारमा खटिने चिकित्सकको मनोवल उच्च बनाउन यस्तो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार चिकित्सकहरुलाई चाहिने आवश्यक पीपीएका लागि समेत सरकारले व्यवस्था गर्नेगरी आवश्यक निर्णय गरेको छ ।

त्यस्तै बैदेशिक सहायता परिचालन गर्ने र कोरोेना रोकथामका लागि सरकारले केन्द्रीय कोष खडा गर्ने नर्णय गरेको छ । जसमा सरकारले ५० करोड रकम जम्मा गरेको छ । त्यसमा मनित्रपरिषदका सदस्यहरुले एक महिनाको तलव सुविधा थप्नेछन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version