काठमाडौँ: कोरोना महामारीसंग लड्नको लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आर्थिक सहयोगको घोषणा गरेको छ ।

गैरआवासीय नेपाली संघको आइतवार बसेको ७२ औं बैठकले प्रधानमन्त्री राहत कोष मार्फत १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय भएको संघका महासचिव डा. हेम राज शर्माले जानकारी दिए ।

यसअघि संघले कोरोना भाइसर पिडितको सहयोगार्थ अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक उच्चस्तरिय समिति गठन गरेको थियो ।

बैठकले संघका कोषाध्यक्ष महेश कुमार श्रेष्ठको संयोजकत्वमा कोरोना पिडित राहतकोष संकलन समिति गठन भएको छ भने उपाध्यक्ष डा. बद्री केसीको संयोजकत्वमा भौतिक सामाग्री सहयोग संकलन उपसमिति गठन भएको छ ।
संघले विश्वभर छरिएका आफ्ना शाखा मार्फत कोरोना पिडित नेपालीको तथ्यांक संकलन गर्ने समेत तयारी गरेको छ ।
यस्तै बैठकले संघको आर्थिक, कर्मचारी, प्रोटकल सम्बन्धी आधार दर्जन भन्दा बढी नियमावलीहरु पारित गरेको संघले जनाएको छ ।

बैठकले संघको बिस्तृत आर्थिक लेखापरिक्षण (डिडिए) को रिपोटलाई सार्वजनिक गर्न अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयलाई अख्तियारी दिएको छ ।
बैठकले राष्ट्रिय समन्वय परिषदले गैरआवासीय नेपाली संघसँग आवद्द हुन मापदण्ड सहितको संझौतापत्रमा हस्ताक्षर गर्नु पर्ने निर्णय गरेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version