काठमाडौं: कोरोना भाइरसविरुद्धको लडाइँमा जित नजिक पुगेको चीनले नेपाललाई हतोत्साही नहुन भन्दै ढाडस दिएको छ । चीनले नेपालका लागि स्वास्थ्य सामग्री उपलब्धसमेत गराउने तयारी पनि भइरहेको जानकारी दिएको छ ।

 

नेपालमा कोरोना संक्रमित एक बिरामी भेटिएको पुष्टि भएलगत्तै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्विट गरेर चीन नेपालको साथमै रहेको बताएकी छन् । नेपालको लागि चीनले प्रार्थना गरिरहेको उल्लेख गर्दै उनले चिकित्सा सामग्रीहरूको सहयोगका लागि प्रयास गरिरहेको जानकारी दिएकी छन् ।

 

‘हामी नेपालका लागि प्रार्थना गर्दैछौं । हाम्रा नेपाली साथीहरूलाई सहयोग पुर्याउन चिकित्सा सामग्रीहरू सकेसम्म मिलाउँदै छौं । हामी साथमा छौं,’ राजदूत होउले ट्विटरमा लेखेकी छन् ।

 

गत डिसेम्बर अन्तिम साता चीनको हुबेई प्रान्तबाट सुरु भएको कोरोना भाइरसबाट चीन आक्रान्त बनेको थियो । त्यहाँ हालसम्म ३ हजार २ सय ७७ मानिसको ज्यान गए पनि अवस्था नियन्त्रण उन्मुख छ । कोरोनाविरुद्धको लडाइँमा जित नजिक पुगेको उसले यसको चपेटामा परेका देशहरूतर्फ सहयोगको हात अघि बढाएको छ ।

 

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version