काठमाडौँ: आज मंगलबारबाट एकसाताका लागि नेपाल पूर्ण रुपमा ‘लकडाउन’ मा गएपछि अहिले काठमाडौँमा जनजीवन लगभग सुन्य जस्तै छ। राजधानीको मुख्य सडकहरुमा मानिसहरुको आवतजावत सुन्य जस्तै छ तर केहि मानिसहरु भने अझै अटेर गरेर बाटोमा हिंडिरहेका छन्।

सरकारले आज बिहान ६ बजेदेखि देशभर अत्यावश्यक ढुवानीका गाडी, मनिश्मा पर्ने आपत्कालिन् अवस्था बाहेकको अवस्थामा हिंडडुल गर्न चैत १८ गतेसम्मलाई रोक लगाएको छ।

काठमाडौँ महानगरीय प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलका अनुसार काठमाडौँका मुख्य चोक र सदखारुमा बिहान ५ बजेबाटै सुरक्षाकर्मी खटाइएको र भित्रि सडक र पसलहरुमा समेत प्रहरी खटाएर पसलहरु बन्द गर्न लगाइएको छ।

प्रेसका साधन, दुध, पेट्रोल अन्य अत्यावश्यक सवारीलाई भने केहि छेकबार नभएको उनले बताए।

हामी सर्वसाधारणलाई पनि सरकारको यस कदमलाई घरैमा बसेर सहयोग गरिदिन आग्रह गरे।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version