एजेन्सी: संसारभरि फैलिएको कोरोना भाइरस संक्रमणका कारण सन् २०२० को ओलम्पिक खेल एक वर्ष स्थगन गरिएको छ।

बेलायतको ब्रिटिस ओलम्पिक एसोसिएसनका अध्यक्षले जापानको टोकियोमा हुने ओलम्पिकमा आफ्ना खेलाडी पठाउन नसक्ने जानकारी दिएपछि स्थगन घोषणा गरिएको हो।

अस्ट्रेलिया र क्यानडाले यसअघि नै जापान ओलम्पिकमा भाग नलिने बताइसकेका छन्। जापानी प्रधानमन्त्री र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्षको सहमतिमा स्थगनको निर्णय भएको हो।

‘आउँदो जुलाई २४ देखि हुन लागेको ओलम्पिक खेल स्थगन गरिएको छ,’ अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका सदस्य डिक पाउन्डको भनाइ उद्धृत गर्दै बिबिसीले लेखेको छ, ‘अर्को मिति तोक्न बाँकी छ।’

ओलम्पिक कमिटीलाई यो निर्णय गर्न चार साता लागेको थियो। जापानी प्रधानमन्त्री सिन्जो आबेले सोमबार संसदमा ओलम्पिक स्थगित गर्नुपर्ने अवस्थाबारे जानकारी गराएका थिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version