काठमाडौँ: कालीमाटी फलफूल तथा तरकारी बजार दैनिक ७ घण्टा सञ्चालन गर्न प्रशासनले आग्रह गरेको छ ।

फलफूल तथा तरकारीको अभाव सिर्जना हुन नदिन बिहान ३ बजेदेखि ७ बजेसम्म र साँझ ५ बजेदेखि ८ बजेसम्म बजार खोल्नेबारे छलफल थालिएको बजार विकास समितिले जनाएको छ ।

उपभोक्ता र बिक्रेतालाई लकडाउनले असहज भएकोबारे छलफल अघि बढेको बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए । उनका अनुसार लकडाउन घोषणापछि बजारको कोरोबार एक तिहाईमा खुम्चिएको छ । लकडाउनको पहिलो दिन मंगलबार बजारमा साढे ५ सय टन, दोस्रो दिन ३ सय ७० टन र बिहीबार २ सय २५ टन मात्रै तरकारी आएको श्रेष्ठले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुमतिमा कालीमाटी प्रहरी वृत्तले सुरक्षा समन्वय गर्ने गरी बजार सञ्चालनको प्रस्ताव आएको तरकारी तथा फलफूल व्यवसायी महासंघका महासचिव भरत खतिवडाले बताए ।

बजारसम्म पुग्न खुद्रा ब्यापारी र थोक बिक्रेतालाई नै समस्या भएपछि मंगलबार र बुधबार बजारमा अत्यन्तै कम कारोबार भएको थियो । बजारमा भिड हुने र कोरोना संक्रमण जोखिम पनि अधिक हुने भएकाले व्यवसायी बजार जानै नसकेको महासचिव खतिवडाले बताए ।

कालीमाटीमा तरकारी र फलफूलका गरी ४५० वटा पसलहरु सञ्चालनमा छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version