एजेन्सी: चीनको बुहानबाट फैलिएको कोरोना भाइरस संक्रमणको चपेटामा परेको अमेरिकामा टोर्नाडो र असिनाको चेतावनी दिइएको छ ।

 

कोरोनाका कारण सबैभन्दा बढी संक्रमित बनेको अमेरिकामा माैसमविदहरुले टोर्नाडो र असिनाको चेतावनी दिएका हुन् ।

अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ हजार २ सय ११ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ सय १५ जनाको मृत्यु भएको छ ।

 

हालसम्म अमेरिकामा १ लाख २३ हजार ३ सय ११ जना संक्रमित भएका छन् । जसमध्ये एकै दिनमा १९ हजार १ सय ८५ जना नयाँ संक्रमित देखिएका हुन् ।

 

अमेरिकामा ३ हजार २ सय ३१ जना उपचारपछि निको भएका छन् भने १ लाख १७ हजार ८ सय ६९ जना उपचाररत छन् ।

 

चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण यूरोपियन मुलुकक हुँदै अमेरिकामा गम्भीर अवस्थामा देखिएको छ ।

 

कोरोनाको सामना गरिरहेको अमेरिकामा मौसमविद्ले पुनः टोर्नाडो र असिनाको चेतावनी दिएका छन् ।

 

अमेरिकाको शिकागो लगायत त्यस क्षेत्रमा टोर्नाडो र असिनाका कारण झण्डै ७० मिलियन जनताहरु खराब मौषमको चपेटामा पर्ने मौषमविदहरुले दाबी गरेका हुन् ।

 

शिकागो मेट्रोसहित ४५ हजार स्क्वायर माइलमा खराब मौषमको चेतावनी दिइएको हो ।

 

नर्दन इलिनोयमा सामान्य जोखिम रहेको, मिजौरी, इन्डियाना र आयोवामा उच्च जोखिम रहेको तथा मिडवेस्ट, साउथवेष्ट र ओहायो भ्यालीमा जोखिम रहेको जनाइएको छ ।

 

उनीहरुले विनाशकारी हावा चल्नुका साथै ठूलाठूला असिना पर्ने पूर्वानुमान गरेका छन् । कतिपय स्थानमा बर्षाका साथै हिमपातको समेत हुनसक्ने अनुमान गरिएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version