काठमाडौं ः नेपाल आयल निगमले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु ५० करोड सहयोग गरेको छ ।

निगम सञ्चालक समितिको आज बुधबार बसेको बैठकले उक्त सहयोग गर्ने निर्णय गरेको हो ।

सो रकम बराबरको चेक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्तान्तरण गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

कोरोना भाइरसको सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारको तयारीका लागि सरकारले कोषको स्थापना गरेको थियो ।

कोषमा विभिन्न व्यक्ति तथा संस्थाले आर्थिक सहयोग गरेका छन् । निगमले राष्ट्रिय आवश्यकता, प्राकृतिक विपत्ति, भूकम्प तथा बाढी पहिरोजस्ता प्रकोपका समयमा संस्थागत सामाजिक उत्तरदायित्व बोध गरी राहत तथा सहयोग गर्दै आएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version