काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघले दैनिक गुजारा चलाउन अप्ठेरो परेकालाई राहत वितरण गरेको छ।
महासंघले आइतबार नेपाल विज्ञापन संघको कार्यालय मीनभवनबाट दैनिक गुजारा चलाउन नसकेका निम्न वर्गीय परिवारलाई खाद्यान्न वितरण गरेको हो।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रि लेखराज भट्ट र महासंघकी अध्यक्ष भवानी राणाले संयुक्त रुपमा खाद्यान्न हस्तान्तरण गरे।
महासंघले लक डाउनका कारण हातमुख जोर्न समस्या परेका श्रमिक तथा कामदारहरुलाई ४० हजार किलो चामल र ५ हजार किलो दाल वितरण गरेको छ।
Facebook Comments Box
