काठमाडौँ: मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानिय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाले हाल हाल देशका पहाडीका केही स्थानहरुमा आंशिक बदली रही बाँकी भु–भागमा मौसम सामान्यतया सफा रहेको उल्लेख गरेको छ ।

पूर्वानुमानका अनुसार दिउँसो देशका पहाडी भू–भागमा अपरान्हपछि आंशिक बदली भई एक/दुई स्थानमा मेघ गर्जन, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ ।

यस्तै, राति देशभर मौसम सामान्यतया सफा रहने पूर्वानुमानले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version