काठमाडौँ: लकडाउनको अवधिमा किसानलाई बाली लगाउन र उठाउन दिइने भएको छ । तर बाली लगाउँदा र उठाउँदा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन अपनाइएका सावधानीबारे भने अनुगमन हुनेछ ।

कोरोना भाइरस फैलिन नदिन सरकारले देशभर लकडाउन गरेको छ । चैत ११ गतेदेखि सुरु भएको लकडाउन यहि २५ गतेसम्म रहनेछ । तर कोरोना भाइरसको संक्रमितको संख्या बढ्दै गएका कारण लकडाउन लम्बिन पनि सक्ने बताइएको छ ।

लकडाउन लम्बिए बाली उठाउन र लगाउन समस्या हुने भएपछि सरकारले केही सहज बनाएको हो । ‘तत्काल लगाउनुपर्ने र उठाउनुपर्ने बालीको सम्बन्धमा किसानलाई लगाउन र उठाउन दिने निर्णय भएको छ’सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले भने ।

उनकाअनुसार बाली लगाउँदा र उठाउँदा किसानले न्युनतम सावधानी भने अपनाउनुपर्नेछ । कोरोना भाइरस फैलिन नदिनका लागि अपनाउने सावधानी र मापदण्ड पालना गरे नगरेको सम्बन्धित स्थानीय तह र त्यहाँका सुरक्षा निकायले अनुगमन गर्ने व्यवस्था मिलाइएको प्रवक्ता अधिकारीले जानकारी दिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version