एजेन्सी: भारतको मुम्बईमा एक अस्पताल नै कोरोना भाइरस संक्रमणको केन्द्र बनेको छ। सोमबार दिउँसोसम्म वोखार्ड अस्पतालका २६ नर्स र तीन जना डाक्टरमा कोरोना भाइरसको पुष्टि भएको छ।

नर्स र डाक्टरहरूलाई कोरोना भाइरस देखिएपछि स्थानीय प्रशासनले उक्त अस्पतालबाट बाहिर जान र भित्र आउन बन्द गरिदिएको छ।

बृहतमुम्बई म्युनिसिपल कर्पोरेसनले यति धेरै स्वास्थ्यकर्मीमा कसरी कोरोना फैलिए भनेर अनुसन्धान गर्न समिति बनाएको छ।

मार्च २७ मा हृदयघात भएर आएका एक जना ७० वर्षीय वृद्धबाट कोरोना भाइरस फैलिएको हुनसक्ने अनुमान गरिएको छ। ती वृद्धलाई परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको थियो। उनको उपचारमा संलग्न दुई नर्सलाई पछि कोरोना पुष्टि भएको थियो।

संक्रमण देखिएका दुई जना डाक्टरलाई बाहिरका अस्पतालमा भर्ना गरिएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version