काठमाडौं: प्रमुख विपक्षी नेपाली काँग्रेसले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाममा सरकार पूर्ण गम्भीर नदेखिको निष्कर्ष निकालेको छ ।

लकडाउन गरेपछि पहिलोपटक मंगलबार पार्टी समापति शेरहादुर देउवाको निवास बूदानीकण्ठमा बसेको काँग्रेस पदाधिकारीको बैठकले यस्तो अवस्थामा पनि सरकार मनमौजी तरिकारले अगाडि बढेको निष्कर्ष निकालेको हो ।

काँग्रेस राष्ट्रिय सहमतिका साथअगाडि बढ्न तयार रहे पनि प्रधानमन्त्री केपी ओलीबाट त्यसको प्रत्यन नगएको जिकिर गरेको छ ।यतिबेला सबैको सहयोग लिन सरकारले सकेन अहिलेको चुनौती सामाना गर्न सकिने काँग्रेसको ठहर छ ।

बैठकमा सहभागी काँग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले मुलुक र जनतालाई बचाउन सरकारले सबै राजनीतिक दल र सरोकारवालालाई विश्वासमा लिएर नसकेकोमा छलफल भएको जानकारी दिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version