बुटवल: कोरोनाको महामारीको संकटमा अस्पताल नआउने चिकित्सकमाथि कारबाही सुरू गरिएको छ।

लुम्बिनी प्रादेशिक अस्पतालमा करारमा नियुक्त भई काम गर्दै आएका पाँच जना चिकित्सक पछिल्लो ८/१० दिनदेखि बिना जानकारी अस्पतालमा उपस्थित भएका छैनन्।

अस्पतालका अध्यक्ष सूर्य बहादुर भट्टराईले संकटको बेला अस्पतालको सेवाबाट पछि हट्ने जो कोहीलाई पनि राखिरहन आवश्यक नभएको बताए।

अहिले कोरोनाको कारण सबैतिर संकट भएकोबेला सेवाबाट पछाडि हट्नेहरूलाई कारबाही प्रक्रिया सुरू गरिएको बताए।

अस्पतालको रेडियोलोजी विभागमा कार्यरत डा. वरदान वली र डा. तारा प्रसाद शर्मा, युरो सर्जन डा. सुवासचन्द्र चौधरी, इएनटी विभागका डा. प्रकाश न्यौपाने, आकस्मिक विभागमा कार्यरत डा.प्रकृति कार्कीलाई सेवाबाट हटाइएको अध्यक्ष भट्टराईले जानकारी दिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version