एजेन्सी:भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन हप्ता लामो लकडाउन अप्रिल १४ पछि पनि बढाउने बताएका छन्।

 

उनले बुधबार कोरोना भाइरसले ‘राष्ट्रिय आपतकाल’ को सिर्जना गरेको बताउँदै थप कडा सामाजिक दुरी लागु गर्न आवश्यक रहेको बताए।

 

प्रधानमन्त्री मोदीको एक बाहिरिएको अडियो अनुसार उनले अरु मुख्यमन्त्री र न्यायीक अधिकारीहरुसँगको कुराकानीले तत्कालै लकडाउन हटाउन नसकिने अवस्था रहेको बताएका छन्। उनले यसका लागि मुख्यमन्त्रीहरूसँग पुन कुरा गर्ने बताएका छन्।

 

‘यतिबेला लकडाउन खोल्न कुनै पनि हिसाबमा सम्भव छैन। तर सबैले सामाजिक दूरी कायम गर्नु जरुरी छ’, मोदीले भने, ‘हामी राष्ट्रिय आपतकालिन समयमा जस्तै गइरहेका छौ। समय–समयमा अभूतपुर्व कदम चाल्न बाध्य बनाएको छ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version