काठमाडौँ: भारतमा कोरोना भाइरस संक्रमणमा वृद्धि देखिएको छ। बिहीबार भारतभरका विभिन्न राज्यमा ७ सय ८१ वटा नयाँ संक्रमण पुष्टि भएको छ। यो संख्या भारतमा एकैदिन संक्रमण पुष्टि भएको हालसम्मकै उच्च संख्या हो।

टाइम्स अफ इण्डियाका अनुसार महाराष्ट्र राज्यमा बिहीबार २२९ जना नयाँ संक्रमित फेला परेका छन्। योसँग महाराष्ट्र राज्य संक्रमितको संख्या १५० भन्दा बढी संक्रमित भेटिएको पहिलो राज्य बनेको छ।

यसैगरी बिहीबार तमिलनाडु, राजस्तान, गुजरात र दिल्लीमा क्रमशः ९६, ८०, ७६, र ५१ जना नयाँ संक्रमित भेटिएका छन्।

बिहीबारको संक्रमित संख्याले गत साताको संक्रमण ढाँचालाई तोडेको छ। गत साता संक्रमित भेटिने दर प्रतिदिन पाँच-छ सयको आसपास हुने गरेको थियो।

बिहीबार भारतमा थप ३१ जना कोरोना संक्रमितको ज्यान गएको छ।

योसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २३२ पुगेको छ।

बिहीबार मृत्यु भएका ३१ मध्ये १५ जना महाराष्ट्र राज्यका हुन् भने ३ जना दिल्लीका हुन्।

महाराष्ट्रमा हालसम्म कोरोनाबाट ९७ जनाको मृत्यु भइसकेको छ। भारतका २० प्रतिशत संक्रमित महाराष्ट्र राज्यका हुन् ४० प्रतिशत मृतक पनि यही राज्यबाट रहेका छन्।

त्यसैगरी नेपालसँग सिमाना जोडिएको बिहार राज्यमा बिहीबार १२ जना नयाँ कोरोना भाइरस संक्रमित भेटिएका छन्। योसँगै त्यहाँ कुल संक्रमितको संख्या ५१ पुगेको छ। एजेन्सी

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version