काठमाडौँ: लकडाउनको अवधिमा सीमामा रोकिएका नागरिकको हेरचाहको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन सम्वाद गरेका छन्। ओलीले शुक्रबार बिहान मोदीसँग कुरा गरेको ट्वीटरमार्फत जानकारी दिएका छन्।

आज मैले भारतका प्रधानमन्त्री श्री नेरन्द्र मोदीजीसँग @narendramodi टेलिफोन संवाद गरें । कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौं । लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौं ।

सम्वादमा सीमामा रहेका नागरिकलाई हेरचाह गर्ने र आपूर्ति व्यवस्ता सहज र सुचार बनाउने विषयमा कुरा भएको छ।

यता भारतीय प्रधानमन्त्री मोदीले पनि प्रधानमन्त्री ओलीसँग टेलिफोन सम्बाद भएको जानकारी गराउँदै कोभिड-१९ को अहिलेको अवस्थाका विषयमा छलफल भएको जनाएका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version