काठमाडौं: विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अहिले विश्वभर सामाजिक दूरी कायम राख्न गरिएका प्रयास छिटै खुकुलो पार्दै जाने हो भने कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या उल्लेख्य मात्रामा बढ्न सक्ने चेतावनी दिएको छ ।

डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेससले केही मुलुकले आर्थिक समस्याको सामना गर्नुपरेको भए पनि सामाजिक दूरी कायम राख्न गरिएका प्रयास खुकुलो पार्ने विषयमा भने सतर्क हुनुपर्ने बताए ।

बीबीसीका अनुसार यूरोपको सबैभन्दा प्रभावित मुलुकहरु स्पेन र इटालीले मुलुकमा लगाइएको केही प्रतिबन्ध खुकुलो पार्ने तयारी भइरहेको छ । तर, उनीहरुको लकडाउन भने जारी छ । अहिले विश्वभर संक्रमितको संख्या १६ लाख नाघिसकेको छ भने मृत्यु हुनेको संख्या पनि एक लाख दुई हजार नाघिसकेको छ ।

जेनेभामा भएको ‘भर्चुअल पत्रकार सम्मेलन’मा बोल्दै उनले पछिल्लो समय यूरोपेली मुलुकमा यो महामारी सुस्ताउँदै गएको बताए । उनले डब्लुएचओले अहिले कडाइ बढाउने विषयमा विश्वभरका मुलुकहरुसँग सहकार्य गरिरहेको बताए ।

यसैबीच गेब्रेससले अफ्रिका लगायतका मुलुकमा तीव्र दरमा भाइरस फैलिन सक्ने आशंका व्यक्त गरे । उनले अफ्रिकाको ग्रामीण क्षेत्रमा पनि यो भाइरस पुगिसकेको भन्दै आगामी दिनमा अवस्था अझै नराम्रो बन्न सक्ने चेतावनी दिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version