काठमाडौँ: शनिबारबाट कोरोना भाइरस (कोभिड-१९) को परीक्षण काठमाडौंको वीर अस्पतालबाट पनि सुरू भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आजबाट अस्पतालमा परीक्षण सुरू भएको जानकारी दिए।

उनले भोलिबाट टेकु अस्तपालबाट पनि कोरोना परीक्षण हुने बताए। योसँगै काठमाडौंमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाहेक अन्य दुई ठाउँबाट कोरोना परीक्षण हुने भएको हो।

शनिबार पनि नयाँ कोरोना संक्रमित थपिएको छैन। अहिलेसम्म ४ हजार ४ सय बढीको नमूना परीक्षण गरिएको प्रवक्ता देवकोटाले जानकारी दिए। गएको २४ घन्टामा मात्रै झन्डै ९ सय जनाको परीक्षण भएको छ।

अहिले सरकारले कोरोना परीक्षणको दायरालाई बढाएको छ। यसअघि डेढ सयदेखि दुई सय परीक्षण गर्दै आएकोमा दैनिक झन्डै ८ सयको नमूना परीक्षण गर्न थालेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version