काठमाडौँ: डडेल्धुरास्थित डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा कोराना भाइरसको आशंकामा भर्ना भएका दुईजना भागेका छन् ।

शनिबार अपरान्ह उनीहरु अस्पतालबाट भागेका हुन् । अस्पतालकाअनुसार भाग्नेमा करिब ४० वर्षीया महिला र १९ वर्षीय पुरुष छन् ।

कोभिड-१९ को आशंकामा चैत २५ गते उनीहरु अस्पतालमा भर्ना भएका थिए । दुवै जनामा ज्वरो र सुख्खा खोकी पाइएपछि कोरोना संक्रमणको आशंकामा सोही दिन स्वाब परीक्षणका लागि नमूना संकलन गरेको अस्पतालले जनाएको छ ।

चैत २६ गते परीक्षणका लागि अस्पतालले दुवै जनाको स्वाब काठमाडौं पठाएको थियो ।अस्पतालले दिएको जानकारी अनुसार ७ जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको भएपनि उनीहरुको मात्र रिपोर्ट आउन बाँकी छ ।

आइसोलेसन वार्डमा रहेका दुवै जनाले अस्पताललाई कुनै जानकारी नदिइ भागेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टले जानकारी दिए . विष्टका अनुसार दुबै जनाको स्वास्थ्य अवस्था सामान्य नै थियो ।

अस्पतालबाट भागेका दुबै जना डडेलधुराको भागेश्वर गाउँपालिकाका भएको अस्पतालले जनाएको छ । उनीहरूको प्रहरी र गाउँपालिकाले खोजी गरिरहेको छ । दुवैको खोजीका लागि प्रहरी परिचालन गरिएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version