काठमाडौं: पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बेलायतबाट फर्किएका एकै परिवारका तीन जनामा र्‍यापिड टेष्टमा पोजेटिभ आएपछि सोमबार पाटन अस्पताल भर्ना गरिएको छ ।

 

उनीहरुको पीसीआर विधिबाट नमुना संकलनका लागि थ्रोट स्वाब लिइएको अस्पतालका स्रोतले जानकारी दियो ।

 

अपार्टमेन्टको ए ब्लकको ५ औं तलामा बस्दै आएका उनीहरु चैत ५ गते नेपाल फर्किएका थिए। उनीहरुमा लक्षण देखिएपछि र्‍यापिड टेष्ट गरिएको थियो ।

 

सनसीटीमा पाँचवटा बिल्डिङहरु छन् । तीमध्ये ए ब्लक बिल्डिङको पाँचौं तलामा बस्नेहरुलाई कोरोनाको आशंकामा अस्पताल लगिएको हो ।

 

उनीहरु बेलायतबाट फर्केको छिमेकीहरुलाई यसअघि नै थाहा थियो । सनसीटीमा बस्ने एकजनाले भने, ‘अस्तिदेखि विदेशबाट आएर बसिरहेका थिए, जचाउन पनि गएका थिएनन्, कोरोना सार्ने हुन् कि भन्ने डर हामीलाई लागिरहेको थियो, आज त अस्पताल लगिएछ ।’

 

तीनजना आशंकितलाई अस्पताल लगिएपछि प्रहरीले सनसीटी अर्पाटमेन्टमा मानिसहरुलाई भित्र बाहिर आवत जावत गर्न नदिई सिलबन्दी गरेको छ । अपार्टमेन्ट परिसरमा प्रहरी तैनाथ गरिएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version