काठमाडौँ: काभ्रेमा दुई युवालाई र्‍यापिड टेस्ट गर्दा कोरोना पोजिटिभ देखिएको छ।

काभ्रेको बेथानचोक गाउँपालिकाका एक जना र मन्डन देउपुर नगरपालिकाका एक जनालाई कोरोना पोजिटिभ देखिएको हो। बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले र्‍यापिड टेस्टले पोजेटिभ देखाएको बताए। थप टेस्टका लागि अहिले धुलिखेल लैजाँदै गरेको उनले बताए।

‘र्‍यापिड टेस्टमा ब्लड टेस्ट गर्दा पोजेटिभ देखायो क्यार। त्यसैले हामी अर्को परीक्षण नगरेसम्म एकिन भन्न सक्दैनौ,’ उनले भने। मन्डन देउपुर नगरपलिका एक जनालाइ पनि कोरोनाको आंशकामा धुलिखेल अस्पताल पठाइको छ। नगरपालिकाका मेयर टोकबहादुर तामाङले अस्पताल पठाएको पुष्टि गरे।

‘र्‍यापिडमा अलि कन्फ्युज रिजल्ट आयो। त्यसैले धुलिखेल पठाएका छौंं,’ उनले भने। अस्पतालले कोरोना आशंकामा अहिलेसम्म कोही पनि आइनपुगेको जनाएको छ। धुलिखेल अस्पतालका डा.सुमनराज ताम्राकारले दुइ जनामा र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएकालाई अस्पताल ल्याउन लागिएको बताए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version