काठमाडौँ: नेपाल एयरलाइन्समा सरकारले फेरि कार्यकारी अध्यक्ष नियुक्त गरेको छ। मंगरलबारको मन्त्रिपरिषदको बैठकले पूर्वपर्यटन सचिवसमेत भइसकेका सुशील घिमिरेलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो।

सरकारले घिमिरेलाई नेपाल एयरलाइन्सको कार्यकारी अधिकारसहित अध्यक्षको भुमिकामा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

घिमिरेलाई अध्यक्ष नियुक्त गर्नका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पठाएको थियो।

घिमिरे यसअघि पर्यटन मन्त्रालयको सचिव हुँदा पनि नेपाल वायुसेवा निमगको अध्यक्ष भइसकेका छन्। तर यसपालि भने उनी कार्यकारी अधिकारसहतिको अध्यक्ष नियुक्त भएका हुन्।

राष्ट्रिय ध्वजाबाहकमा सरकारले फेरि महाप्रबन्धक खाली राखेर कार्यकारी अध्यक्ष ल्याएको छ।
महाप्रबन्धक हुँदा निगममा पर्यटन मन्त्रालयका सचिव अध्यक्ष हुन्छन्। जसले मन्त्रालयको प्रत्यक्ष भुमिकका देखाउछन्। तर कार्यकारी अध्यक्ष हुँदा सिधै मन्त्रीपरिषद वा प्रधानमन्त्रीको अधिन हुन्छ।

यसअघि पनि सरकारले मदन खरेललाई कार्यकारी अध्यक्ष बनाएको थियो। उनी कार्यकाल नसिकंदै राजिनामा दिएर बाहिरिएका थिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version