सप्तरी: दिल्लीबाट फर्केका दुई जना जमातीमा र्‍यापिड परीक्षणका क्रममा कोरोना संक्रमण पोजेटिभ देखिएपछि सप्तरीका दुई स्थानीय तहका दुई वडालाई सिल गरिएको छ ।

बुधबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले खड्क नगरपालिकाको वडा नम्बर ११ र तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर १ लाई सिल गर्ने निर्णय गरेको हो । अब यो दुई स्थानीय तहका व्यक्ति घर बाहिर अथवा भित्र जान सक्दैनन् ।

प्रशासकीय अधिकृत आनन्द ठाकुरले यी दुबै वडाका १/१ व्यक्तिको र्‍यापिड परीक्षणका क्रममा पोजेटिभ देखिएपछि दुबैलाई सिल गर्ने निर्णय भएको जानकारी दिए ।

यस्तै, र्‍यापिड टेस्टका क्रममा पोजेटिभ देखिएकाको पारिवारिक सदस्यको समेत र्‍यापिड टेस्ट गरिने तथा संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्ने निर्णय भएको ठाकुरले बताए ।

दिल्लीबाट फर्केर घरमा बसिरहेका यी दुईसहित आठ जनालाई प्रहरीको टोलीले मंगलबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याएर र्‍यापिड परीक्षण गराएको थियो । दुई जनाको पोजेटिभ र ५ जनाको नेगेटिभ रिपोर्ट आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version