काठमाडौँ: महालक्ष्मी विकास बैँकले सोमबारदेखि गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा आफ्नो सेवा सञ्चालनमा ल्याएकोे छ ।
उक्त शाखा रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ६ बाट स्थानान्तरण भई सूर्यपुरामा सञ्चालनमा आएको बैंकले जनाएको हो ।
बैँकको यस शाखाले स्थानीय स्तरमा उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता बैँकले जनाएको छ ।
देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ७३ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या ४ लाख ६० हजार भन्दा बढि रहेको छ ।
बैंकले असार मसान्तसम्म २७ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ६५ करोड कर्जा प्रवाह गरेको छ ।
