काठमाडौँ: काठमाडौं प्रहरी परिसरको जिम्मेवारी एसएसपी श्यामलाल ज्ञवालीलाई दिइएको छ।

परिसरका प्रमुख उत्तम सुवेदी डिआईजीमा बढुवा भएर सुदुर पश्चिम प्रदेशको प्रहरी प्रमुखमा प्रतिस्थापन भएपछि ज्ञवालीलाई पठाइएको हो।

उनी वर्तमान प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीका भाइ हुन्। ज्ञवाली यसअघि मेट्रोमा कार्यरत थिए।

त्यसैगरी अपराध महाशाखाको नयाँ जिम्मेवारी एसएसपी दिपक थापालाई दिइएको छ।

यसअघिका महाशाखा प्रमुख सहकुल बहादुर थापा डिआईजीमा बढुवा भएर केन्द्रिय अनुसन्धान ब्यूरोमा प्रतिस्थापन भएपछि थापालाई यहाँको जिम्मेवारी दिइएको हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version