काठमाडौँ: प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीले आन्तरिक एकतालाई थप सुदृढ बनाउन जरुरी रहेको बताएका छन्।

लेनिन जयन्ती तथा कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले आन्तरिक एकतालाई थप सुदृढ तुल्याउन र विगत दुई बर्षदेखि जारी एकता प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्याउन यो दिनले थप प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

कम्युनिष्ट पार्टीले लोकप्रिय मतमार्फत दुई तिहाईभन्दा बढी स्थानमा विजय हासिल गरी मुलुकको प्रमुख र निर्णायक शक्तिका हैसियतमा शासन संचालनको नेतृत्व गर्ने भूमिका पाउनु असाधारण उपलब्धि रहेको समेत उनले बताएका छन्।

सिर्जनात्मक प्रयोग मार्फत मौलिक एवम् सही विचारको विकास र अवलम्बन गर्दै सामन्ती, प्रतिगामी, निरङ्कुश र जनविरोधी शक्तिसँग जुधेर नै नेपाली कम्युनिष्ट आन्दोलनले आजको उचाइ हासिल गरेको उनले उल्लेख गरेका छन्।

नेकपाले निरन्तर रुपमा जनतालाई जागृत र संगठित गर्दै आएकाले अहिलेको अवस्था आइपुगेको दावी गरेका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version