काठमाडौँ: आफ्नो ११ वर्षीय छोरा निशान खड्काको अपहरणपछि निर्मम हत्या गरेको अभियोगमा उनकी आमा चमेलीले प्रहरी समक्ष किटानी जाहेरी दिने बताएकी छिन् ।
प्रहरी प्रबक्ता तथा अपराध महाशाखाका प्रहरी उपरीक्षक नरेन्द्र प्रसाद उप्रेतीका अनुसार निशानका आमाले प्रहरीको इन्काउन्टरमा मारिएका दुई अपहरणकारीविरुद्ध किटानी जाहेरी दिने छिन् ।
निशानको शवको पोष्टमार्टमका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको पनि उप्रेतीले जानकारी दिए ।
निशानको काठमाडौँको काँडाघारी-३२ बाट आइतबार साँझ अपहरण भएको थियो जसमा आमा चमेलीको होटेलमा नियमित खाना खान आउने गोपाल तामाङ र अजय तामाङविरुद्ध जाहेरीका दिन लागेकी हुन्।
निशानको हत्या गरिएको अवस्थामा भक्तपुरको ठिमी नगदेशमा सोमबार शव भेटिएको थियो ।
अपहरण गरी हत्या गर्ने गोपाल र अजय पनि भक्तपुरको सुर्यबिनायाकस्थित जंगलमा प्रहरीसँगको मुडभेडमा मारिएका छन्।
