काठमाडौँ: भोजपुरका एक २६ वर्षीय युवकमा कोरोनाभाइरस पोजेटिभ देखिएको छ।

धरानको विपी कोइराला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोनाभाइरस पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।

भोजपुरका यी युवकसहित आज तीन जना संक्रमित थपिएका छन्।

अहिलेसम्मको अद्यावधिक विवरण अनुसार ४८ जनालाई कोरोनाभाइरसको पुष्टि भएको छ।

जसमध्ये १० जना निको भएर घर फर्किएका छन् भने ३८ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचारका क्रममा छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version