काठमाडौं:  उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेले गठित कार्यदलले लकडाउन एक साता थप गर्नुपर्ने राय सरकारलाई दिएको छ । यसबारे सम्भवत आइतबार बस्ने मन्त्रिपरिषद्ले अन्तिम निर्णय लिनेछ ।

कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन प्रभावकारी भएकै कारण कोरोना नियन्त्रण प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष निकालेको थियो ।

समिति बैठकमा उपस्थित केहि मन्त्रीहरुले भने केही हिमाली जिल्लामा लकडाउन खुला गर्ने, क्षेत्रगत रुपमा खुकुलो बनाउन सकिने बारे लगायतका विकल्प समेत सुझाएका थिए।

त्यसलगतै बसेको कार्यदलको बैठकले वैशाख १५ बाट एक साता लकडाउन लम्ब्याउनुपर्ने राय दिएको छ । त्यसपछि अर्को मोडलमा जान सकिने बताइएको छ ।

सो सुझाव लिएर समितिका संयोजक पोखरेलसहितका मन्त्रीहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version