काठमाडौँ: बलियो सुरक्षा व्यवस्था भएको भनिएको काठमाडौंमा ११ वर्षीय बालकको अपहरणपछि हत्या भएको घटनाले राजधानीको सुरक्षा व्यवस्थामाथि प्रश्नचिन्ह खडा गरिदिएको छ ।

आइतबार साँझ पेप्सीकोला टाउन प्लानिङको डेराबाट अपहरणमा परेका निशान खडकालाई सोमबार मध्यान्ह १२ बजेतिर मात्रै प्रहरीले मृत अवस्थामा फेला पार्‍यो ।

घटना विवरणअनुसार अपहरणकारी भनिएका दुवैजना आरोपी पेसेवर अपराधी होइनन् ।

किनकि, अपहरण र हत्यापछि बालकको शव खाल्डोमा पुरेर उनीहरू आफ्नो डेरामा पुगेका छन् र लुगा धोएर रेलिङमा सुकाएर सुतेका छन् ।

त्यति मात्र होइन, बालककी आमालाई समेत फोन गरेर फिरौती मागेका छन् ।

‘गोलीले शरीर क्षतविक्षत हुँदा पनि हातमा पेस्तोल छुटेको छैन’

यति गरिसकेपछि पनि आफ्नै कोठामा सुत्ने उनीहरू अपराधी नै भए पनि पेसेवर होइनन् । तर, प्रहरीले लास देखाउँदा उनीहरूको हातमा पेस्तोल छ ।

प्रहरीलाई फायरिङ गर्दै जंगल–जंगल भागेकाले जवाफी कारबाहीमा मारिएको भनिएको छ । गोलीले शरीर क्षतविक्षत हुँदा पनि हातमा पेस्तोल छुटेको छैन ।, यो खबर आजकोनयाँ पत्रिकाको पहिलो पृष्ठामा छापिएको छ ।
पत्रपत्रिकाबाट

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version