काठमाडौँ: पछिल्लो समयमा बजारमा ग्यास किन्ने उपभोक्ता घटेका छन्। लकडाउन लम्बिदैं गएपछि गाउँ प्रमुखले काठमाडौंमा रहेका आफ्ना जनता लैजान थालेपछि ग्यासको कारोबार ठप्प जस्तै भएको छ।
विश्वव्यापी रूपमा फैलिएको कोराना भाइरसको कारण बजारमा ग्यासको माग बढेको थियो। उपभोक्ताले भएका सिलिण्डर पहिल्यै भरेर राख्नाले पनि ग्यास कारोबारमा प्रत्यक्ष प्रभाव परेको छ।
पहिलेको तुलनमा आधा पनि ग्यास नबिकेकोव्यवसायीहरूकाे भनाइ छ।
बजारमा ग्यास बिक्री नभपछि उद्योगमा पनि ग्यास बुलेटमै थन्किएको एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले बताए।
‘उद्योगको प्लान्ट र ग्यास बुलेटमा गरेर झन्डै एक अर्ब रुपैयाँ बरारको १३ देखि १४ हजार मेट्रिकटन ग्यास होल्ड छ,’ उनले भने, ‘ जसबाट झण्डै साढे ९ लाख सिलिन्डर भरिन्छ।’
उनका अनुसार मुलुकभर दैनिक एक लाख सिलिन्डर बिक्री हुने गरेकोमा अहिले दैनिक ५० देखि ६० हजार सिलिन्डर बजारमा पठाइने गरिएको छ।
उपत्यकामा सबैभन्दा ग्यास बढी ग्यास खपत हुनेमा रेष्टुरेण्ट, होटल, स्कुल–कलेज तथा उद्योगधन्दा बन्द हुँदा ग्यास खपत हुन सकेको छैन।
सरकारले लकडाउनको सुरूवतामा बजारमा ग्यासको अभाव देखिएपछि त्यसलाई व्यवस्थापन गर्न झन्डै १२ लाख सिलिन्डरमा आधा तौलको ग्यास बिक्री गरेको थियो।
निगमका अनुसार मार्च महिनामा सबैभन्दा धेरै ४५ हजार ३०० टन ग्यास आयात भएको छ। भारतका विभिन्न रिफाइनरीबाट ग्यास आयात गरेर ५९ वटा ग्यास उद्योगले बजारमा ग्यास वितरण गर्दै आएको छ।
ग्यास मात्र सवारी साधन, हवाई यातायात तथा उद्योगधन्दा बन्द हुँदा पेट्रोलियम पदार्थको पनि बिक्री ठ्याप्प भएको व्यवसायीहरू बताउँछन्।
