काठमाडौँ: सेनाले चीनबाट खरिद गरेको झन्डै ३४२ टन स्वास्थ्य सामग्री हालसम्म पनि ढुवानी कर्ताको टुंगो लाग्न नसक्दा चिनियाँ आपुर्तिकर्ताले सेनालाई खरिद गरि राखिएका सामान यथासक्य छिटो उठाएर लैजान भनेको छ ।
यता सेनाले भने सरकार-सरकार पक्ष भएर खरिद गरिएका २ अर्व २५ करोड मूल्य बाराबरको उक्त ६७ प्रकार कोरोना भाइरसका लागि प्रयोग हुने स्वास्थ्य सामग्री ल्याउनका लागि आपुर्तीकर्ताको टुंगो आइतबार बेलुका नै टुंगो लागिसके भएपनी अर्थले ढुवानीका लागि रकम निकासा बेलैमा नगर्दा ढिलो भएको सेनाको उच्च स्रोतले पहिलोक्लिकलाई जानकारी दिएको छ ।
यता सेनाले खरिद गरिएका स्वास्थ्या सामग्री लिन नेपाल वायु सेवा निगमको वाइड बडी नै जाने कुरा रहेको जानकारी दिएको छ। कार्गो बोक्ने स्थान बाहेक पनि निगमको जहांजले यात्रु बस्ने सिटमा समेत राखेर थप भारका सामग्री ल्याउन निगमले मन्जुरी जनाएको स्रोतले जनाएको छ ।
“हामीलाई चिनियाँ सरकारी पक्षले ग्वान्झौको डिपोटमा राखेयेका उक्त सामग्री उठाउन ताकेता गरेको गर्यै छ तर यता ढुवानी कर्ता र रकम निकासाको टुंगो नलाग्दा समस्या भइरहेको छ,” स्रोतले भन्यो ।
यताले खरिद गरेका सामग्री कम्तिमा बैशाख १८ गते काठमाडौँ नआइपुग्ने सेनाले जनाएको छ। सेनाले पहिलो लटमा पहिलो प्राथमिकता सामग्री हवाई सेवाबाट ल्याउने जनाएको छ भने अन्य सामग्री कोरोनाको असर र प्रभाव हेर्दै स्थल मार्ग (तातोपानी नाका) बाट ल्याउने भनिरहेको छ। स्थल मार्गबाट पनि सामान ल्याउन फेरी उसले यात नेपाली वा चिनियाँ ढुवानी कर्ता खोज्नु पर्ने अर्को बाध्यता छ।
खरिद गरिएका स्वास्थ्य सामग्री समयमै नउठाउने हो भने फेरी सेनाले विलम्ब दस्तुर तिर्नु पर्ने सर्तमा उलेख गरिएको छ।
सेनाले भनेको छ- यसका लागि हामी नेपालस्थित चिनियाँ दूतावासका सम्पर्कमा रहेका वा हुनसक्ने ढुवानीकर्ता (नेपाली वा चिनियाँ कम्पनी) संग कुरा गरिरहेका छौँ।
सेनाले उक्त सामग्री चीनको एक सरकारी कम्पनी सिनोफर्म अन्तर्राष्ट्रिय कम्पनीसंग यही बैशाख ७ गते खरिद गरेको हो।
