रौतहट: रौतहटमा दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । भारतबाट चोरबाटो हुँदै नेपाल आएका रौतहटका दुईजनामा कोरोना पुष्टि भएको हो ।

देवाही गोनाही नगरपालिका वडा नंं १ करुनीया बस्ने ३५ वर्षीय र वृन्दावन नगरपालिका वडा नंं ९ भुसाहा बस्ने २४ वर्षीयमा कोरोना संक्रमण पुष्टी भएको छ ।

प्रादेशिक ल्याब जनकपुरबाट पिसिआर रिर्पोट नेगेटिभ आएपछि घर फर्काइएको ती युवाको स्वाब काठमाडौँस्थित केन्द्रीय प्रयोगशालामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । १६ जना सफल उपचारपछि घर फर्किएका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version