काठमाडौँ: सभामुख अग्नि सापकोटाले संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।
सापकोटाले प्रधानमन्त्री ओलीसँग भेट गरी बजेट अधिवेशन आह्वान गर्न ढिलाइ नगर्न सुझाएका हुन्।
सरकारले ल्याउने नीति तथा कार्यक्रम र प्रि-बजेट छलफलमा ढिलाइ हुने उल्लेख गर्दै सापकोटाले बैठक बोलाउन आग्रह गरेका थिए।
सभामुख सापकोटाले संघीय संसद भवनमा सामाजिक दूरी कायम गरेर बैठक गर्न सकिने प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए।
प्रधानमन्त्री ओली अहिले केहीबेर संघीय संसद भवनको अवलोकनका लागि जाँदै छन्।
Facebook Comments Box
