एजेन्सी : बलिवुड अभिनेता ऋषि कपुरको निधन भएको छ ।

अचानक स्वास्थ्य खराब भएपछि गएराती ऋषि कपुरलाई मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियो ।

६७ बर्षिय अभिनेता कपुर लामो समयदेखि क्यान्सरबाट पिडित रहेका थिए ।

सन् २०१८ मा कपूरलाई क्यान्सर भएको पत्ता लाग्यो, जस पछि अभिनेता कपूर न्यू योर्कमा उपचार गर्नको लागि लामो समय बसेका थिए।

ऋषि कपुर गत सेप्टेम्बरमा मात्र अमेरिकामा लामो समयको उपचारपछि मुम्बई फर्किएका थिए । उनी गत फेब्रुअरीमा समेत स्वास्थ्यमा समस्या हुदा अस्पताल भर्ना भएका थिए ।

बलिवुडका महानायक अमिताभ बच्चनले ट्वीट गर्दै ऋषि कपुरको निधन भएको जानकारी दिए ।

कपुरले अमर अकबर एन्थोनी, लैला मजनु, रफु चक्कर, सरगम, कर्ज, बोल राधा बोल आदि जस्ता हिट फिल्महरूको खेलेका थिए। आफ्नो क्यारियरको पछिल्लो चरणमा उनी कपूर र संस, डी(डे, मुल्क र १०२ नट आउट जस्ता फिल्महरूमा देखिएका थिए।

 

एकदिन अगाडि हिजो मात्रै अर्का अभिनेता इरफान खानको निधन भएको थियो ।

दुई हस्तीको निधनले सिंगो बलिउड कलाकारहरु स्तब्ध छन ।

 

प्रधानमन्त्री नरेन्द्र मोदीले आज विहान ट्विट गर्दै भने, ‘ऋषि कपुर प्रतिभाका खानी हुन’ ।

कपुरको मृत्युप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले कपुरसंगको संवादलाई सम्झीरहने बताए । फिल्म र भारतको उन्नतिमा कपुरको झुकाव रहेको समेत मोदीले ट्विटमा लेखेका छन ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version